+
+
WC Series
Nepal
120/8 (18.3)
VS
UAE
0/0
Shares

पार्टीमा सबैलाई मिलाउने मेरो जिम्मेवारी हो, मिलाउँछु : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
  • थापाले पार्टीभित्र विवादको अध्याय अन्त्य भएको र महाधिवेशनको बहस सकिएको बताउनुभएको छ।
  • उहाँले पार्टी बाहिरका लाखौं समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने र संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

७ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई मिलाएर लाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बागमतीको चुनावी समीक्षामा सोमबार हेटौंडामा बोल्ने क्रममा सभापति थापाले नेताहरुसँग कुराकानी सुरु गरेको जानकारी गराएका हुन् । पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उनले बताए ।

‘पार्टीभित्र बस्दै आएका हामीहरु मात्रै मिलेर हुँदैन । पार्टीलाई वर्षौदेखि समर्थन गर्दै आउनुभएको ठूलो पङ्ति छ,’ थापाले भने, ‘सदस्यभन्दा बाहिर हाम्रो लाखौं समर्थक हुनुहुन्छ । हामीलाई यसपटक भोट हाल्नु भएन । किन? त्यो खोजौं भन्ने मेरो कुरा हो ।’ पार्टी भन्दा बाहिर रहेका शुभेच्छुक र समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने छ ।’

पार्टीको सदस्यता लिएर कांग्रेसले भोट हाल्दिन भन्नेले कांग्रेस छोड्न उनले सुझाव दिए । पार्टीमा संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उनले बताए ।

पार्टीभित्र अब विवादको अध्याय अन्त्य भएको थापाले नेता कार्यकर्तासँग भने, ‘विशेष महाधिवेशन ठीक थियो/थियो भन्ने अध्याय अब सकियो । यो बहसलाई यही अन्त्य गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?