+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

९ महिनामै साढे ३२ अर्बको धानचामल आयात

परिमाणका हिसाबले समग्र धानचामलको आयातमा सामान्य गिरावट आए पनि मूल्यका आधारमा भने नेपालबाट बाहिरिने रकम बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धाचामल आयात गरेको छ।
  • यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७ सय ८७ टन धान, चामल, कनिका र बिउ आयात भएको छ।
  • धानचामल आयातबाट सरकारले २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

७ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत) मा नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धाचामल आयात गरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७ सय ८७ टन धान, चामल, कनिका र बिउ आयात भएको छ ।

गत आव २०८१/८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० हजार ४६ टन धानचामल आयात भएको थियो ।

परिमाणका हिसाबले समग्र धानचामलको आयातमा सामान्य गिरावट आए पनि मूल्यका आधारमा भने नेपालबाट बाहिरिने रकम बढेको छ ।

विभागको तथ्यांक अनुसार चालु वर्ष ९ महिनामा कच्चा धान आयातमा भने उल्लेख्य गिरावट आएको छ । गत वर्ष साउनदेखि चैतसम्म १८ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ७२ हजार २ सय १२ टन कच्चा धान आयात भएकोमा यस वर्ष घटेर १५ अर्ब ८६ करोड ६३ लाखको ४ लाख २८ हजार ३ सय ५० टनमात्र आयात भएको छ ।

तयारी चामल आयात भने ह्वात्तै बढेको छ । चालु वर्ष समीक्षा अवधिमा ६ अर्ब ८१ करोड ८६ लाख बराबरको ५९ हजार ८ सय १९ टन बास्मती चामल भित्रिएको छ ।

गत वर्ष सोही अवधिमा ५ अर्ब ७८ करोड ६४ लाखको ५२ हजार १ सय ९१ टन बास्मती चामल आयात भएको थियो । त्यसैगरी अन्य तयारी चामल (सेमी–मिल्ड वा ह्वाइली मिल्ड) आयात पनि उच्च रूपमा बढेको छ ।

गत वर्ष ८ अर्ब ७४ लाख ४० हजार रुपैयाँको १ लाख २१ हजार २ सय ८५ टन यस्तो चामल भित्रिएकोमा चालु वर्ष बढेर ९ अर्ब १३ करोड ७० लाखको १ लाख ४२ हजार २ सय २६ टन पुगेको छ ।

गत आव ९ महिनामा जम्मा ११ करोड ३८ लाख बराबरको २ सय ४६ टन धानको बिउ आयात भएकोमा चालु आव झन्डै तीन गुणाले बढेर ३८ करोड रुपैयाँको ८ सय ५१ टन पुगेको छ ।

यसका साथै कनिका (ब्रोकन राइस) आयात पनि करिब दोब्बरले वृद्धि भएको छ । गत वर्ष १६ करोड ९३ लाखको ४ हजार १ सय ६ टन कनिका आयात भएकोमा यस वर्ष ३० करोड ७२ लाख रुपैयाँ बराबरको ७ हजार ५ सय ३३ टन भित्रिएको छ ।

ब्राउन राइस आयात पनि बढेको तथ्यांकले देखाउँछ । गत वर्ष ३.५ टन (५ लाख ९७ हजार रुपैयाँ) रहेकोमा यस वर्ष सामान्य बढेर ५.८ टन (७ लाख २८ हजार रुपैयाँ) पुगेको छ ।

तथ्यांक अनुसार चालु आव २०८२/८३ को ९ महिनामा धानचामल आयात बापत सरकारले २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव सोही अवधिमा सरकारले यसै शीर्षकबाट २ अर्ब ९४ करोड राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?