News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि आज रातिदेखि एक महिनाका लागि बिहान ६:३० बजेबाट राति ११:४५ बजे मात्र खुल्ने गरी घटाइएको छ।
- विमानस्थल कार्यालयले धावनमार्ग नजिकै निर्माण कार्यका कारण उडान अवधि कटौती गरिएको जनाएको छ।
- यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइएको छ । विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागु हुने गरी आगामी एक महिनाका लागि सञ्चालन अवधि घटाएको हो ।
अब विमानस्थल ११ : ४५ बजे राति बन्द हुनेछ । बिहान ६ : ३० बजे मात्र विमानस्थल खुल्ने छ । विमानस्थल सुधार आयोजनाबाट धावनमार्ग नजिकै विभिन्न निर्माण कार्य हुने भएका कारण उडान अवधि कटौती गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4