+
+
Shares

पथलैया–चुरियामाई खण्डको अतिक्रमित संरचना हटाउन सडक डिभिजनको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते २१:४३

७ वैशाख, हेटौंडा । सडक डिभिजन हेटौंडाले पर्सा बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउने तयारी गरेको छ ।

आइतबार ६ असोज बिहानैबाट सडक डिभिजनले त्रिभुवन राजपथअन्तर्गत पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार थालेको हो । अब बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्र हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईसम्म सडक विस्तारको तयारी गरेको हो । बीरगञ्जको गण्डकदेखि पथलैयासम्म यसअघि नै सडक विस्तार भइसकेको छ ।

सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार पथलैया–चुरियामाई खण्डमा २५ मिटरभित्रका घरटहरा १० वैशाख भित्र हटाउन सूचना जारी गरिएको जानकारी दिए । पटक–पटकको सूचनापछि पनि अतिक्रमण यथावत रहेपछि कार्यालयले तोकिएको मिति भित्र खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानून बमोजिम कारबाही अघि बढ्ने जनाइएको छ ।

सडक डिभिजनले यसअघि १८ पुस ०७३ र ९ असार ०८० मा पनि सूचना जारी गर्दै महेन्द्रराजमार्गको पथलैयादेखि चुरियामाई ३ नं. पुल र चुरियामाई मन्दिर बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ दुबैतिर २५/२५ मिटरको सीमा भित्र रहेका घर टहराहरु नहटाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?