+
+
Shares

उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय रोमन बस्नेतको मृत्यु भएको छ।
  • चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको बसले बस्नेतलाई गएराति ठक्कर दिएको थियो।
  • चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा आज बिहान २ जनाको मृत्यु भएको छ।

८ वैशाख, उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत छन् ।

चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरकै अर्को एक खबर अनुसार चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आज बिहान भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?