News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका १८ वर्षीय उज्जल सायरलाई चक्कु प्रहार गरी हत्या गरिएको छ।
- उज्जल सायरलाई स्थानीय युवाबीचको विवादमा गम्भीर घाइते बनाएर धनगढीस्थित माया मेट्रो अस्पतालमा राति २ः०० बजे मृत्यु भएको हो।
- जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको र अनुसन्धान सुरु भइसकेको बताएको छ।
८ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।
स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ः०० बजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताए ।
उनले आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4