+
+
Shares

राष्ट्रिय प्राथमिकताका विषयमा प्रधानमन्त्रीले गरे अर्थमन्त्रीसहितको छलफल

प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय प्राथमिकताका विषयमा छलफल सुरु गर्नुभएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग बजेट र कार्यक्रमबारे बैठक भइरहेको छ।
  • बैठकमा यी निकायले भोगिरहेका चुनौती र सुधारका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका विषयमा पनि कुरा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?