+
+
Shares

ट्राफिकको सरप्राइज चेकिङ : ९८ चालक कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:५६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ८ वैशाखमा सरप्राइज चेकिङ गर्दै ९८ जना चालकलाई कारबाही गरेको छ।
  • मादक पदार्थ सेवन गर्ने ७ चालक र रातो बत्ती उल्लंघन, लेन अनुशासन लगायतका नियम उल्लंघन गर्ने ९१ जना चालक कारबाहीमा परेका छन्।
  • ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले उपत्यकाका विभिन्न स्थानमा चेकिङ गरिएको जानकारी दिए।

८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै ९८ जना चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिकले आज मंगलबार बिहान सरप्राइज चेकिङ गरेको थियो । सो क्रममा ९८ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरी प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

जसअर्न्तगत मापसे (मादक पदार्थ सेवन) गर्ने ७ चालक कारबाहीमा परेका छन् । त्यस्तै रातो बत्ती उल्लंघन, लेन अनुशासन र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९१ जना कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?