News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मिथिलेश कुशवाहा, केदारबहादुर भण्डारी, रामतुला मियाँ र सुनिता खत्री रहेका छन्।
- उनीहरूले कुवेत, पोर्चुगल र अल्बानिया पठाइदिन्छु भन्दै रकम लिई सम्पर्कविहीन भएका थिए।
- पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
८ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ तथा रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया 4