News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तोष यादवले यूएई विरुद्धको दोस्रो टी-२० आई खेलबाट नेपालका लागि डेब्यू गर्ने भएका छन्।
- कप्तान दीपेन्द्र सिंह ऐरीले सन्तोषलाई डेब्यू क्याप प्रदान गर्नुभएको छ।
- सन्तोष ५५औं नेपाली खेलाडी हुनुहुन्छ र उनले प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी बनेका थिए।
८ वैशाख, काठमाडौं । अलराउन्डर सन्तोष यादवले नेपालका लागि टी-२०आई डेब्यू गरेका छन् ।
उनले यूएई विरुद्धको टी-२० आई खेलमार्फत डेब्यू गर्ने भएका हुन् । अन्डर लाइट्स टी-२०आई सिरिज अन्तर्गत मंगलबार युएई विरुद्ध हुने दोस्रो तथा अन्तिम टी२० खेल अघि सन्तोषलाई डेब्यू क्याप प्रदान गरिएपछि सन्तोषले डेब्यू गर्ने पक्का भएको हो ।
कप्तान दीपेन्द्र सिंह ऐरीले सन्तोषलाई डेब्यू क्याप प्रदान गरे । टी-२०आई मा डेब्यु गर्ने सन्तोष ५५औं नेपाली खेलाडी हुनेछन् । यसअघि पेस बलर हेमन्त धामीले सोमबार युएई विरुद्ध पहिलो खेलमा टी-२०आईमा डेब्यू गरेका थिए ।
सन्तोषले नेपालको उमेर समूहबाट खेलिसकेका छन् । केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सर्वोत्कृष्ट खेलाडी बनेका सन्तोष पहिलो पटक नेपालको टी-२० टिममा समावेश भएका थिए ।
उनले प्रधानमन्त्री कपमा अलराउण्ड प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतिक्रिया 4