+
+
WC Series
Nepal
0/0
VS
UAE
128/8 (20)
Shares

जेलबाट फरार ज्यान मुद्दाका दोषी व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का ३८ वर्षीय झ्याप्ले कमल न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
  • उनी जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका थिए।
  • कर्तव्य ज्यान मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो र मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ।

८ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धुसाका ३८ वर्षीय झ्याप्ले कमल न्यौपाने भनिने कमल विक छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो । मनमैजुबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?