+
+
WC Series
Nepal
74/2 (9.1)
VS
६५ बलमा ५५ रन आवश्यक
UAE
128/8 (20)
Shares

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेट, के भयो कुराकानी ?

छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री एस पउल कपुरबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
  • भेटमा सरकार र अमेरिकी सरकारबीच साझेदारी, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोग विषयमा गहन छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
  • अर्थमन्त्री डा. वाग्लेले सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त पूर्वाधार निर्माण सरकारको मुख्य प्राथमिकता रहेको बताए।

८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानुन खारेजी र नयाँ कानुन निर्माणबाट आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षित रहेको समेत उनले बताए ।

अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको समेत उनले बताए ।

सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्री कपुरले जोड दिएको समेत अर्थले बताएको छ ।

बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?