+
+
Shares

कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग सभामुखले गरे परामर्श

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानी दुरुपयोग रोक्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल सुरु गरेका छन्।
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले कूटनीतिक राहदानी माग भइरहेकाले त्यसको उपयोग नियम अनुसार मात्र हुने गरी सहजीकरण गर्ने विषयमा राय सल्लाह लिइरहेको बताइन्।
  • छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानी प्रयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे ब्रिफिङ गरेका थिए।

९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् ।

बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर उनले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले जानकारी दिइन् ।

विगतमा सांसदहरूले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा परामर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमती गरिएको पनि उनले बताइन् ।

विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानुनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले धारणा सो अवसरमा राखेका थिए ।

प्रमुख सचेतक ओलीले भनिन्, ‘विभिन्न प्रतिनिधिसभा सदस्यहरूले कूटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरूमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरूले मात्रै पाउने कुरा रहेछ । तर धेरै माननीयहरू विभिन्न कारणले विदेशमा जानुपर्ने भएकाले अहिलेको ऐन र नियम अनुसार अहिलेको नियम र ऐन र नियमावलीमा चाहिँ त्यो दिन नमिल्ने भएकाले आगामी दिनमा माननीयजीहरूलाई कसरी सहजीकरण गर्ने भनेर राय सल्लाह विभिन्न दलका तर्फबाट लिनका लागि बोलाउनु भएको हो ।’

उनले अगाडि भनिन्, ‘राहदानीका लागि निवेदन आएको हुनाले यसलाई बहसमा नै लगेर विचार विमर्श गरौं भन्ने भएको छ । विगतमा पासपोर्ट दुरुपयोग पनि भएका छन । त्यो नहोस भनेर सबैभन्दा इम्पोर्टेन्ट त कानुन हो । त्यही कानुन हालका लागि पालना गरौं भन्ने हो ।’

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानीको प्रयोग सम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे ब्रिफिङ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?