+
+
Shares

चीनद्वारा विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन एकाउन्टिङ प्रणाली सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन एकाउन्टिङ प्रणाली सार्वजनिक गरेको छ।
  • यो प्रणालीले वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनको बढी जिम्मेवार ठहऱ्याउने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
  • सन् २०२२ मा चीनको उत्सर्जन १७.७ प्रतिशत कम र अमेरिकाको १५.२ प्रतिशत बढी देखिएको छ।

चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन एकाउन्टिङ प्रणाली सार्वजनिक गरेको छ। यसले विश्वव्यापी उत्सर्जन गणना गर्ने विद्यमान पद्धतिलाई नै चुनौती दिएको छ ।

साङ्घाई एडभान्स्ड रिसर्च इन्स्टिच्युटले विकास गरेको यो नयाँ मोडलले वस्तु उत्पादन गर्ने देशलाई भन्दा पनि ती वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनको बढी जिम्मेवार ठहऱ्याउने फरक दृष्टिकोण अघि सारेको छ।

परम्परागत मोडलहरूले बिजुली घर वा कारखानाबाट हुने कुल उत्सर्जनका आधारमा देशहरूको जिम्मेवारी तय गर्दथे, जसका कारण चीन जस्ता ठूला उत्पादक राष्ट्रहरूको उत्सर्जन बढी देखिन्थ्यो।

तर यो नयाँ मोडलले उपभोक्ता केन्द्रित गणना गर्दा सन् २०२२ मा चीनको हरितगृह ग्यास उत्सर्जन संयुक्त राष्ट्र संघको प्रचलित पद्धतिले देखाएको भन्दा १७.७ प्रतिशतले कम पाइएको छ ।

यसको विपरीत , धेरै उपभोग गर्ने राष्ट्रका रूपमा रहेको संयुक्त राज्य अमेरिकाको कुल उत्सर्जन भने यस पद्धति अनुसार १५.२ प्रतिशतले बढी देखिएको छ।

गत ८ अप्रिलमा सार्वजनिक गरिएको यो ‘साइन्सवन-युहेंग कार्बन अकाउन्टिङ लार्ज मोडल’ लाई जलवायु परिवर्तनको क्षेत्रमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ । यस मोडलका प्रमुख वैज्ञानिक तथा इन्स्टिच्युटका उपाध्यक्ष वेई वेईका अनुसार, यसले कार्बन उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने तरिकामा मौलिक परिवर्तन ल्याउनेछ ।

चिनियाँ एकेडेमी अफ साइन्सेजले यो प्रणालीले विश्वव्यापी जलवायु सुशासनलाई थप सटिक बनाउन र विभिन्न देशहरूबीच उत्सर्जनको जिम्मेवारी बाँडफाँटमा अझ बढी न्यायपूर्ण र वैज्ञानिक आधार तयार पार्ने दाबी गरेको छ ।

यसअघि उत्पादनमा आधारित गणना हुँदा विकसित देशहरूले उपभोग गर्ने वस्तुहरू विकासशील देशमा उत्पादन हुने र त्यसको उत्सर्जनको दोष पनि उत्पादक देशले नै बोक्नुपर्ने अवस्था थियो ।

चीनको यो नयाँ ‘प्यारोनमिक’ प्रणालीले अन्तर्राष्ट्रिय व्यापार र उपभोगको ढाँचालाई समेट्दै जलवायु परिवर्तनका लागि कुन देश वास्तवमै कति जिम्मेवार छ भन्ने कुराको थप स्पष्ट र समतामूलक चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?