News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले आफ्नो फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस २६ अल्ट्राको नयाँ 'स्काइ ब्लु' रङ सार्वजनिक गर्ने घोषणा गरेको छ।
- यो नयाँ रङको भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स ४ मा ६० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।
- स्काइ ब्लु भेरियन्ट देशभरका सामसङका अधिकृत स्टोर र रिटेल आउटलेटहरूमा उपलब्ध छ र २४ महिनासम्म ईएमआई सुविधामा पनि किन्न सकिन्छ।
१० वैशाख, काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागसिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ ‘स्काइ ब्लु’ रङको ग्यालेक्सी एस २६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
‘सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको स्काइ ब्लु एडिसनले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प थपेको छ’ सामसङ नेपालले एक विज्ञप्तिमा भनेको छ ।
खुला आकास र अनन्त सम्भावनाबाट प्रेरित यो नयाँ रङले आशावाद र क्रिएटिभिटीको भावना बोकेको कम्पनीको भनाइ छ । ग्यालेक्सी एस २६ अल्ट्राको ‘स्काइ ब्लु’ भेरियन्टसँग अब आकर्षक अफर पनि आएको छ।
यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स ४ मा ६० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । यो अफर अप्रिल २३ देखि ३० सम्म मात्र मान्य हुनेछ। ‘साथै प्रतिमहिना ६ हजार ४५२ रुपैयाँबाट सुरु हुने २४ महिनासम्मको ईएमआई सुविधाले अब यो फोन किन्न झन् सजिलो बनाएको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
कम्पनीका अनुसार नयाँ भेरियन्ट अब देशभरका सामसङका अधिकृत स्टोर र रिटेल आउटलेटहरूमा उपलब्ध छ र आउँदा दिनहरूमा थप आकर्षक अफरहरू पनि आउनेछन् । यो डिभाइसलाई हुलास फिनसर्भमार्फत इन्स्टा फिनान्सबाट अधिकतम २४ महिनासम्मको सजिलो ईएमआई सुविधामा पनि किन्न सकिन्छ।
प्रतिक्रिया 4