+
+
Shares

खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो दाबी गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
  • आयोगले यादव र उनकी श्रीमती निर्मलाकुमारलाई प्रतिवादी बनाएर ३१ असार २०४७ देखि २९ पुस २०८० सम्मको सम्पत्ति र खर्चको स्रोत पुष्टि नभएको उल्लेख गरेको छ।

१० वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो दाबी गरेको छ ।

३१ असार २०४७ मा नियुक्ति पाएदेखि २९ पुस २०८० सम्मको अवधिलाई जाँच अवधि मान्दा उनीसहित उनको परिवारका सदस्यले आर्जन गरेको सम्पत्ति (कुल ३ करोड ४६ लाख २१ महजार ४०१ रुपैयाँ) भन्दा खर्च (कुल ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ) १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयभन्दा व्यय बढी देखिएको उक्त रकमको स्रोत पुष्टि नभएको भन्दै आयोगले यादवसहित उनकी श्रीमती निर्मलाकुमारलाई पनि समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?