+
+
Shares

माछा मार्न हिँडेका पुरुष जालमा बेरिएको अवस्थामा खोलामा मृत भेटिए

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भविन कार्की भविन कार्की
२०८३ वैशाख १० गते २१:१२

१० वैशाख, संखुवासभा । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ मा माछा मार्न गएका एक पुरुष जालमा बेरिएर मृत अवस्थामा फेला परेका छन् । स्थानीय  ३९ वर्षीय धन्दुराम राई मृत अवस्थामा फेला परेको सिलिचोङ–१ का वडाध्यक्ष अनिश राईले जानकारी दिए ।

मृतक धन्दुराम बुधबार दिउँसो माछा मार्नका लागि संखुवा खोलातर्फ गएका थिए । तर लामो समयसम्म घर नफर्किएपछि खोजीका लागि परिवार र छिमेकीले बिहीबार बिहान स्थानीय प्रहरी चौकीमा निवेदन दिएका थिए ।

त्यसपछि खोजी गर्ने क्रममा राई मृत अवस्थामा खोलामा भेटिएको वडाध्यक्ष राईले बताए । खोलाभित्र माछा मार्ने जालमा बेरिएको अवस्थामा उनको शव फेला परेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?