फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने निर्णय गरेको छ।
- वैशाख १० गते बिहान १० बजे थापाथलीदेखि माइतीघर मण्डलसम्म र्यालीसहित प्रदर्शन हुने भएको छ।
- प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
१० वैशाख, काठमाडौं । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध र्यालीसहितको प्रदर्शन हुने भएको छ ।
शुक्रबार बिहान १० बजे थापाथली बस्ती हुँदै माइतीघर मण्डलसम्म र्याली आयोजना गरिएको हो ।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ सुरु गरिसकेको छ ।
वैशाख १२ गते बिहानदेखि डोजर लगाउने सरकारको तयारी सरकारको देखिन्छ ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।
देशभरी करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी छन् ।
सुकुमवासी बस्ती खाली गराउन सरकार सक्रिय भएसँगै बस्तीका स्थानीय भने त्रसित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4