+
+
Shares

नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हालका लागि स्थगित गरेको छ।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

त्यस्तै समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराइसकेका छन् ।  नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।

आज दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३:१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३:२० बजे दाबी विरोध दिन सकिने, ३:२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३:३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४:३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४:४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो । मतदान स्थल कांग्रेस संसदीय दलको कार्यालय, मतगणना मतदान सम्पन्न भएपछि सुरु गर्ने तालिका तालिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?