News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ पश्चिम मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा सकेका छन्।
- ‘मातृभूमि’ फिल्म सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको र सलमान र अनुपविक्रम मुख्य भूमिकामा देखिनेछन् भने प्रदर्शन मिति भारतको स्वतन्त्रता दिवस आसपास हुने सम्भावना छ।
- अनुपविक्रमले अर्को बलिउड फिल्ममा अभिनय पक्का भएको र यसको औपचारिक घोषणा आगामी अगस्ट वा सेप्टेम्बरमा हुने उनले अनलाइनखबरसँग पुष्टि गरेका छन्।
काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ सकेका छन् । सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सलमान र अनुपविक्रम मुख्य भूमिकामा देखिनेछन् ।
पश्चिम मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा अनुपले डबिङ गरेका हुन् ।
फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म घोषणा गरिएको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यमका अनुसार ‘मातृभूमि’ भारतको स्वतन्त्रता दिवसको आसपास रिलिज हुने सम्भावना रहेको बताइएको छ ।
नेपाली कलाकार शाहीको यो बलिउड फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारको उपस्थिति विस्तार गर्ने हिसाबले पनि यो फिल्मलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसबीच, अर्को एक बलिउड फिल्ममा अनुपले अभिनय गर्ने पक्का भैसकेको छ । बलिउडको एक ठूलो ब्यानर र स्टार जोडिएको यो फिल्मको औपचारिक घोषणा आगामी अगस्ट वा सेप्टेम्बरमा हुँदैछ । यसको पुष्टि स्वययम अनुपले अनलाइनखबरसँग गरे ।
कामको कुरा गर्दा, अनुपविक्रमले २० बैशाखदेखि ‘१२ गाउँ २’को छायांकन गर्दैछन् । उनी यसैसाता यामहाको ब्रान्ड एम्बेसडर समेत बनेका छन् ।
प्रतिक्रिया 4