+
+
Shares

एटीएम तोडफोड गर्ने व्यक्ति समातिए

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोलाका २१ वर्षीय सविन नेपाली छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ का २१ वर्षीय सविन नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको छ।
  • सविनले गत ९ वैशाखमा न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेको र १० वैशाखमा गोंगबु चाकेमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेको आरोप छ।
  • उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलेको र २ महिना बाल सुधार गृह बसेको तथा चोरीको कसुरमा पक्राउ परेपछि हिरासतबाट फरार भएको खुलेको छ।

११ वैशाख, काठमाडौं । एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोलाका २१ वर्षीय सविन नेपाली छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।

गत ९ वैशाखमा न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गर्दै लुटपाट समेत गरेका थिए । १० वैशाखमा गोंगबु चाकेमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेको आरोप छ ।

यसअघि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चली २ महिना बाल सुधार गृह बसेको पाइएको छ । चोरीको कसुरमा गत २२ साउनमा प्रहरी वृत्त जनसेवाले पक्राउ गरी अनुसन्धान गरेका बेला जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?