+
+
Shares

परराष्ट्र मन्त्रालयले भन्यो– सरकारको प्रमुख प्राथमिकता आर्थिक कूटनीति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक कूटनीति आफ्नो प्रमुख प्राथमिकतामा राख्दै वैदेशिक व्यापार, लगानी र पर्यटनमार्फत आर्थिक वृद्धिका लागि काम गरिरहेको छ।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कन्सुलर सेवा विभागमा बिजनेस प्रोसेस रि–इन्जिनियरिङको काम अघि बढेको जानकारी दिनुभयो।
  • कन्सुलर सेवा विभागले सेवा सुधारका लागि निर्देशकको संयोजकत्वमा प्रक्रिया सुधार कार्यदल गठन गरी काम गरिरहेको छ।

११ वैशाख, काठमाडौं । सरकारले आर्थिक कूटनीति सरकारको एक प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट देशको आर्थिक वृद्धिका लागि सरकार क्रियाशील रहेको बताए ।

‘अब आर्थिक कुटनीतिको विषयमा यहाँहरूलाई जानकारी गराउनुपर्दा आर्थिक कूटनीति सरकारको एक प्रमुख प्राथमिकता हो यहाँहरूलाई जानकारीमै छ । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी, पर्यटन, आरोग्य पर्यटन जस्ता माध्यमबाट नेपालको आर्थिक वृद्धिका लागि आवश्यक कार्यहरू भइ नै रहेका छन्,’ उनले भने ।

सरकारी सुधारको कार्यसूचीअनुसार कन्सुलर सेवा विभागमा ‘बिजनेस प्रोसेस रि–इन्जिनियरिङ’ को काम अघि बढेको छ ।

गत चैत १३ गते स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नं १० अनुसार विभागका निर्देशकको संयोजकत्वमा गठन भएको कार्यदलले हाल सेवा सुधारका लागि सघन रूपमा काम गरिरहेको उनले बताए ।

‘०८२ चैत १३ को स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर १० अनुसार कन्सुलर सेवा विभागको बिजनेस प्रोसेस रि–इन्जिनियरिङ बिपिआरका लागि विभागका निर्देशकको संयोजकत्वमा एक प्रक्रिया सुधार कार्यदल गठन भई उक्त कार्यदलले हाल काम गरिरहेको छ,’ उनले भने ।

कन्सुलर सेवालाई थप सरल, पारदर्शी र समयसापेक्ष बनाउन ‘कन्सुलर सेवा कार्यविधि, २०८१’ को मस्यौदा तयार भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?