News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल महिला एकता समाजले बिना विकल्प भूमिहीन सुकुमवासीलाई नहटाउन आग्रह गरेको छ।
११ वैशाख, काठमाडौं । नेपाल महिला एकता समाजले बिनाविकल्प भूमिहीन सुकुमवासीलाई नहटाउन आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गरी सुकुमवासी वस्ती खाली गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति ध्यानकर्षण भएको बताएको छ ।
सुकुमवासी बस्तीमा रहेका बसोबास गरेको स्थान भित्र भएका महिला, बालबालिका, वृद्धवृद्धा, अपागंता भएका व्यक्तिहरुप्रति गर्न खोजिएको यस कठोर निर्णयप्रति समाजले आपत्ति जनाएको छ ।
राज्यले कुनै विकल्प नदिई जबरजस्ती उठिबास लगाउँदा संविधानले दिएको नागरिकको बाँच्न पाउने अधिकार हनन हुने समाजले भनाइ छ ।
बिना विकल्प दमन गरी जर्वजस्ती उठीबास लगाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । ‘उक्त निर्णय तत्काल परिमार्जन गरी सम्मानपूर्वक भूमि र आवासमा बस्न पाउने हकको सम्मान गर्न गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं’ विज्ञप्तिमा भनिएको छ ।
निर्णय नसच्याए यस विषयमा मानव अधिकारकर्मी, नागरिक समाज र सरोकारवाला पक्षसँग मिली आवाज उठाउने र सडकमा समेत उत्रिनै चेतावनी दिएको छ ।
प्रतिक्रिया 4