+

राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यवस्थापकसहित ६ पदका लागि आवेदन खुला

२०८३ वैशाख  ११ गते १८:५० २०८३ वैशाख ११ गते १८:५०
राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यवस्थापकसहित ६ पदका लागि आवेदन खुला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यवस्थापकसहित ६ पदमा आवेदन खुला गरेको छ।
  • आवेदन दिनको अन्तिम मिति वैशाख २७ गते तोकिएको छ।
  • व्यवस्थापक पदका लागि आधुनिक क्रिकेट ढाँचामा ज्ञान र अनुशासनात्मक कारबाही नभएको हुनुपर्ने क्यानले उल्लेख गरेको छ।

११ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यवस्थापकसहित ६ पदमा आवेदन खुला गरेको छ । क्यानले शुक्रबार ६ पदमा आवेदन खुला गरेको हो ।

क्यानले खुलाएको आवेदनमा फ्रन्ट डेस्क अफिसर, इन्वेन्टोरी अफिसर, प्रोक्योरमेन्ट अफिसर, जुनियर अफिसर (फाइनान्स), महिला क्रिकेट विकास अधिकृत र राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यवस्थापक छन् । वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

राष्ट्रिय टोलीको व्यवस्थापकका लागि आधुनिक क्रिकेट ढाँचाहरूसम्बन्धी राम्रो ज्ञान भएको, छनोट अधिकार क्षेत्रभित्रका टोलीहरूमा कुनै सक्रिय कोचिङ पदमा नरहेको, पछिल्ला ५ वर्षमा कुनै स्वार्थको द्वन्द्व वा अनुशासनात्मक कारबाही नभएको र आवश्यकताअनुसार देशभित्र यात्रा गर्न तयार रहेको उल्लेख गरेको छ ।

यस्तै प्रतिभा पहिचान र प्रदर्शन विश्लेषणमा अनुभव भएको र छनोट समितिमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय