+
+
Shares

इरानी विदेशमन्त्री अहिले राति पाकिस्तान जाँदै

अमेरिका र इरानबीचको पहिलो चरणको शान्तिवार्ता असफल भएपछि पाकिस्तानले अर्को चरणमा फेरि वार्ता गराउने कोसिस गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते २१:३०

११ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार(आज) राति पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने भएका छन् । इरानी सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उनी शुक्रबार इस्लामावाद, ओमानको राजधानी मस्कट र रुसको राजधानी मस्कोका लागि इरानबाट यात्रा तय गर्ने भएका छन् ।

यसअघि पाकिस्तानको सरकारी स्रोतलाई उध्दृत गर्दै बीबीसीले अराघची आज राति इस्लामावाद पुग्ने समाचार प्रकाशित गरेको थियो । इस्लामावादमा हुने उनको भ्रमणको उद्देश्य द्विपक्षीय संवाद र अमेरिका तथा इजरायलसँग कायम युद्धविरामको अवस्थाबारे छलफल गर्नु रहेको बताइएको छ ।

इस्लामावादमै अमेरिकाको एक सुरक्षा दल पनि शान्तिवार्ताको अर्को चरणका लागि बसिरहेको बताइएको छ । पाकिस्तानले दुवै पक्षसँग लगातार संवाद गरिरहेको छ ।

अमेरिका र इरानबीचको पहिलो चरणको शान्तिवार्ता असफल भएपछि पाकिस्तानले अर्को चरणमा फेरि वार्ता गराउने कोसिस गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?