+

लिग २ : युएईविरुद्ध टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै

२०८३ वैशाख  १२ गते ९:१९ २०८३ वैशाख १२ गते ९:१९
लिग २ : युएईविरुद्ध टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले युएईविरुद्ध घरेलु मैदानमा आजदेखि सुरु भएको शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ ।
  • युएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा आजदेखि सुरु भएको शृंखला अन्तर्गत नेपालले युएईविरुद्ध खेलमा पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोज्दै घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालका अलराउण्डर गुल्सन झा र पेस बलर नन्दन यादव पहिलो रोजाईँमा छैनन् । यस्तै पहिलो पटक राष्ट्रिय टिममा परेका अर्जुन कुमाल र पुनरागमन गरेका विनोद भण्डारी पनि बेन्चमा छन् ।

नेपालको प्लेईङ-११

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी

आईसीसी क्रिकेट विश्वकप लिग टू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय