१२ वैशाख, काठमाडौं । सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टीले माग गरेको छ ।
सुकुमवासी हटाउन सुरु गरेपपछि विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको बताएको उज्यालो नेपाल पार्टीले वास्तविक सुकुमवासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न माग गरेको हो ।
‘बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले सबै पक्षलाई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पनि आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4