१० माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ ।
यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् ।
पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।
उनको रोचक प्रचार शैलीका कारण पनि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4