+

यूएई विरुद्ध नेपालको ब्याटिङ संघर्ष

२०८३ वैशाख  १२ गते ११:३६ २०८३ वैशाख १२ गते ११:३६
यूएई विरुद्ध नेपालको ब्याटिङ संघर्ष

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले कीर्तिपुरमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएई विरुद्धको खेलमा २५ ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाएको छ।
  • नेपालका ओपनर आसिफ शेख ७ रनमा आउट भए भने कुशल भुर्तेलले २४, भीम शार्कीले १० र कप्तान रोहित पौडेल २ रनमा आउट भएका छन्।
  • यूएईका तनभीर र अजय कुमारले २-२ विकेट लिएका छन् भने हैदर अलीले १ विकेट लिएका छन्।

१२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमा भइरहेको यूएई विरुद्धको खेलमा नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गर्दा ५ विकेट गुमाइसकेको छ ।

नेपालले २५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०७ रन बनाएको छ ।

नेपालका लागि ओपनर आसिफ शेख ७ रन बनाएर सुरुमै आउट भए । कुशल भुर्तेलले २४, भीम शार्कीले १० र कप्तान रोहित पौडेल २ रनमा आउट भए । बसिर अहमदले २० रन जोडे ।

अहिले क्रिजमा उपपक्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन् ।

यूएईका खुजाइमा तनभीर र अजय कुमारले २-२ तथा हैदर अलीले १ विकेट लिएका छन् ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय