News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५९ बलमा अर्धशतक पूरा गरेका छन्।
- त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको छ।
- दीपेन्द्र र सोमपाल कामी हाल क्रिजमा छन् र यो दीपेन्द्रको छैटौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो।
१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार गरेको छैटौं अर्धशतक हो ।
युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्र र सोमपाल कामी छन् ।
प्रतिक्रिया 4