News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १२ वैशाख शनिबार बिहानदेखि काठमाडौं उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराइरहेको छ।
- शनिबार दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरूले घरवारविहीन भएको भन्दै सरकारी टोलीलाई विवरण उपलब्ध गराएका छन्।
- सरकारी टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन गरी कीर्तिपुरस्थित राधास्वामी आश्रममा लैजाने तयारी गरेको छ।
१२ वैशाख, काठमाडौं । सरकारले शनिबार बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराइरहेको छ ।
यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् ।
दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।
सरकारी टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन गरिरहेको छ । विवरण संकलन गरिसकेपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा लाने तयारी छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरीफाँट, काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरले सुकुमवासीको विवरण जम्मा पारिरहेको छ ।
छुट्टाछुट्टै क्षेत्रका सुकुमवासीहरूका लागि फरक फरक डेस्क स्थापना गरेर सरकारले उनीहरूको ‘स्क्रिनिङ’ गरिरहेको हो ।
हेर्नुस् तस्वीरहरू :






प्रतिक्रिया 4