News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
- नेपालले ४८ ओभर २ बलमा २०० रन बनाएको छ, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए।
- युएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए।
१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटियो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले संयमित ब्याटिङ गरे । लगातार विकेट गइरहेको नेपालको ब्याटिङ दीपेन्द्रले उकासे ।
दीपेन्द्र ९० बलमा ७५ रन बनाएर अन्तिम विकेटका रूपमा आउट भए । ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
बलिङमा युएईका अजय कुमार र जुनेक सिद्दिकी घातक बने । दुवैले समान ३–३ विकेट लिए । खुजाइमा तनभीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक-एक विकेट लिए ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर




प्रतिक्रिया 4