News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत कबड्डी समूह बी अन्तर्गत बंगलादेशलाई ३८-३६ ले पराजित गरेको छ।
- नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न पुगेको छ र फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
- नेपालले समूह चरणमा चाइनिज ताइपेईलाई ४८-३२ र थाइल्यान्डलाई ४९-३३ ले हराएको थियो।
१३ वैशाख, काठमाडौं । छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।
समूह बी समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३८-३६ ले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ । नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।
नेपालले पहिलो हाफमा १९-१७ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो ।
नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो । समूह चरणको दोस्रो खेलमा थाइल्यान्डलाई ४९-३३ ले हराएको थियो ।
नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया 4