+
+
Shares

मनोहरा सुकुमवासी बस्तीका घर भत्काउँदै, अशक्तको उद्धार गर्दै

प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा  सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख १३ गते १२:०४

१३ वैशाख, काठमाडौं । प्रहरीको कडा सुरक्षा घेरामा काठमाडौं महानगरपालिकाको टोलीले मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरहरु भत्काइरहेको छ ।

त्यसक्रममा प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा  सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।

मनोहरा क्षेत्रका घर हिजो नै भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको थियो । अहिले डोजरको सहायताले घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजर लगाएको महानगरपालिकाले आज मनोहराको सुकुमवासी बस्ती खाली गराइरहेको हो ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?