News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ले प्रदर्शनको २ दिनमा देशब्यापी १ करोड ६ लाख ८५ हजार रुपैयाँ कमाएको छ।
- फिल्मले ३२ हजारभन्दा बढी टिकट बिक्री गरेको छ र निर्माता सुशील पोखरेलले फेसबुकमार्फत दुई दिनको हिसाब सार्वजनिक गरेका छन्।
- फिल्म गुरुप्रसाद मैनालीको कथामाथि आधारित छ र सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, सौगात मल्ल शीर्ष भूमिकामा छन्।
काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ले प्रदर्शनको २ दिनमा देशब्यापी १ करोड कमाइको आँकडा पार गरेको छ । आइतबार दिउँसो १२ बजेसम्म फिल्मको ग्रस कलेक्सन १ करोड ६ लाख ८५ हजार रुपैयाँ छ ।
यही अवधिमा फिल्मका ३२ हजार भन्दा धेरै टिकट विक्री भएका छन् । निर्माता सुशील पोखरेलले पनि फेसबुकमार्फत दुई दिनको हिसाब सार्वजनिक गरेका छन् ।
‘दर्शकको अपार माया यसरी नै रहिरहोस् भन्ने चाहन्छु’ पोखरेलले लेखेका छन् ।
गुरुप्रसाद मैनालीको चर्चित कथामाथि आधारित फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, सौगात मल्लको शीर्ष भूमिका छ । सामाजिक कथावस्तुमा आधारित यो फिल्म अहिलेको नेपाली समाजसँग सान्दर्भिक हुने दावी निर्माताको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4