News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ गोलले पराजित गर्दै एफए कपको फाइनलमा स्थान बनाएको छ।
- खेलको ७९औं मिनेटमा फिन अजाजले अग्रता दिलाएपछि सिटीले ८२औं र ८७औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्यो।
- सिटीले लगातार चौथोपटक एफए कप फाइनलमा पुगेको छ र घरेलु ट्रेबल जित्ने सम्भावना कायम राखेको छ।
१३ वैशाख, काठमाडौं । म्यान्चेस्टर सिटीले पुनरागमन जित निकाल्दै एफए कपको फाइनलमा स्थान बनाएको छ ।
सेमिफाइनलमा सिटीले साउथह्याम्पटन लाई २–१ गोलले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
७९औं मिनेटमा फिन अजाजले शानदार गोल गर्दै साउथ्याम्पटनलाई अग्रता दिलाएका थिए । तर सिटी छिट्टै खेलमा फर्कियो ।
८२औं मिनेटमा जेरेमी डोकुले बराबरी गोल फर्काए भने ८७औं मिनेटमा निको गोन्जालेजले निर्णायक गोल गर्दै सिटीलाई जित दिलाए ।
यस जितसँगै सिटी लगातार चौथोपटक एफए कप फाइनलमा पुगेको छ र घरेलु ट्रेबल जित्ने सम्भावना पनि कायमै राखेको छ ।
प्रतिक्रिया 4