+

दशौं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एपीएफ विजयी

२०८३ वैशाख  १३ गते १५:२८ २०८३ वैशाख १३ गते १५:२८
दशौं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एपीएफ विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले दशौं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हात पारेको छ।
  • नेपाल एपीएफ क्लबले महिला भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ र सुदूरपश्चिमलाई २५-१७, २५-१०, २५-९ ले पराजित गरेको छ।
  • न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-१८, २५-१६, २५-१९ ले हराएको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको थियो।

१३ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को आइतबार महिलातर्फ जित हात पारेका छन् ।

महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले लगातार तेस्रो जित हात पार्दा एपीएफको भने यो दोस्रो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-१८, २५-१६,२५-१९ ले पराजित गरेको हो ।

यसअघि न्यु डायमन्डले सुदुरपश्चिम र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो । लगातार तीन जितबाट ९ अंक जोडेको न्यु डायमन्ड महिलातर्फ अंकतालिकामा शीर्ष स्थानमा छ ।

न्यु डायमन्डले अब एपीएफ र पुलिस क्लबसँग खेल्न बाँकी छ ।

यस्तै एपीएफले सुदूरपश्चिमलाई २५-१७, २५-१०,२५-९ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

एपीएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने एभरेस्ट भलिबल क्लबसँग पराजित भएको थियो ।

अब एपीएफले न्यु डायमन्ड र नेपाल पुलिस क्लबसँग खेल्न बाँकी छ ।

१०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय