+

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

२०८३ वैशाख  १३ गते १५:४७ २०८३ वैशाख १३ गते १५:४७
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।
  • गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जिते ।
  • प्रवीण श्रेष्ठले र सन्देश अधिकारीले रजत पदक जितेका छन् ।

१३ वैशाख, काठमाडौं । जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।

गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थि ए।

यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल भएका छन् । जापानिज खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएका श्रेष्ठ फाइनलमा भने इन्डोनेसियन खेलाडीसँग पराजित भए ।

यस्तै ८७ केजी मुनी तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदक जितेका छन् । उनले जापानकै खेलाडीलाई हराएर स्वर्ण पदकको भिडन्त पक्का गरेका थि ए। तर फाइनलमा इन्डोन्सियाकै खेलाडीसँग पराजित भए ।

२२औं संस्करणको यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा सकिँदैछ ।

यस्तै नेपालकी आयुशा कार्कीले स्वर्ण जितेकी छन् । आयुशाले ४५ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको टिम प्रशिक्षक सरोज तामाङले जनाएका छन् ।

यु–११ व्यक्तिगत पुम्सेको महिलामा आरभी ज्ञवालीले रजत तथा पुरुषमा विशेषचन्द्र गामी र श्रेयन कार्कीले कांस्य जिते । यस टिमको व्यवस्थापकमा रुष्मा सुवेदी छिन् ।

२२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय