News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा १६ जनाको टोलीसहित प्रतिस्पर्धा गर्ने भएको छ।
- नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली अध्यक्ष पाभेल शाहको नेतृत्वमा सोमबार टर्की प्रस्थान गरेको छ।
- खेलाडीहरूले विभिन्न तौलसमूह र विधामा प्रतिस्पर्धा गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरेका छन्।
१३ वैशाख, काठमाडौं । नेपालले टर्कीमा हुने आईकेएफ २२ औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालका तर्फबाट खेलाडीसहित १६ जना सहभागी हुने भएका छन् ।
सोमबारदेखि टर्कीको अन्टालियामा अप्रिल २६ तारिखसम्म २२औं विश्व केम्पो च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की प्रस्थान गरेको छ । फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्टालिया प्रस्थान गरेको हो । महिलातर्फ सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा आयरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् ।
अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए । पुरुष सेमी केम्पोतर्रफ सुरेश पराजुलीले ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठले ३० केजीमा र कृदिक्स विक्रम कुँवरले २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन् । यमन पाण्डेले ५० केजी तौलसमूहमा फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र कातामा गरी पाँच विधामा चुनौती प्रस्तुत गर्ने प्रशिक्षकसमेत रहेकी अञ्जना शाहीले जानकारी दिइन् ।
शिवहरी राईले ५५ केजी तौलसमूहमा सेमी केम्पो र फुल कम्पोमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले काता र सबमिसनमा पनि चुनौती प्रस्तुत गर्नेछन् प्रस्थान कार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे ।
‘हाम्रा खेलाडीहरू कडा मेहनत र समर्पणका साथ तयारीमा जुटेका छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि धेरै पदक ल्याउनेछन् भन्नेमा विश्वस्त छौं,’ उनले भने । खेलाडीले पनि राम्रो प्रदर्शन गरेर नेपालको नाम उच्च राख्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया 4