News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ मा बुढानिलकण्ठ भलिबल क्लबलाई २५-२२, २५-१७, २५-१८ ले पराजित गर्यो।
- रुकुम पश्चिम भलिबल क्लबले खिल्जी युवा क्लबलाई २५-२२, २५-१८, २६-२४ ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्यो।
- नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले तीन खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेका छन्।
१३ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-२२, २५-१७, २५-१८ ले पराजित गरेको हो । पुलिस ९ अंक जोडेर शीर्ष स्थानमा छ । लगातार तेस्रो हार बेहवरेको बुढानिलकण्ठ अंकविहन छ ।
यस्तै पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लबले पनि खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
रुकुम पश्चिमले खिल्जी युवा क्लबलाई २५-२२, २५-१८, २६-२४ ले पराजित गरेको हो । रुकुम पश्चिमले ३ खेलबाट ९ अंक जोडेको छ ।
खिल्जीको यो लगातार तेस्रो हार हो र अंकविहिन छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर






प्रतिक्रिया 4