+
+
Shares

कुखुराको अण्डामा कर लगाउँदा उत्पादन निरुत्साहित बन्यो : पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुमवासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरे।
  • उहाँले स्थानीय तहलाई संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी कर प्रणाली बनाउनुपर्ने र सुकुमवासी समस्या समाधानमा वास्तविक समन्वय आवश्यक रहेको बताए।
  • पराजुलीले विगत ३७ वर्षदेखि आयोग बनाएर कार्यकर्तालाई जग्गा बाँड्ने र भोटको राजनीति गर्ने काम भइरहेको आरोप लगाए।

१३ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुमवासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् ।

पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन् ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहलाई स्रोत व्यवस्थापन आवश्यक भएपनि त्यो प्रभावकारी र न्यायपूर्ण हुनुपर्ने बताए ।

सुकुमवासी समस्याको विषयमा बोल्दै पराजुलीले विगत ३७ वर्षदेखि आयोग बनाएर कार्यकर्तालाई जग्गा बाँड्ने र भोटको राजनीति गर्ने काम भइरहेको उनको भनाइ छ ।

सुकुमवासी समस्या समाधान गर्न स्थानीय र संघीय सरकार बीच वास्तविक समन्वय आवश्यक रहेको उनको भनाइ छ । अब भोटका लागि भ्रम छर्ने नभइ वास्तविक पीडितलाई न्याय दिने गरी काम अगाडि बढाउनुपर्ने बताए । रास्वपाले यही ५ वर्षको कार्यकालभित्र सुशासन र समृद्धिको बलियो जग बसाल्ने प्रतिबद्धता उनले जनाए ।

‘कृषिमा सहुलियत दिनुको साटो कुखुराको अण्डा, चल्ला र कुखुरा स्वयंमा पनि कर लगाइएको देखियो । यस्तो नीतिले उत्पादनलाई निरुत्साहित गर्छ,’ उनले भने, ‘साँचो अर्थमा सुकुमवासी समस्या समाधान गर्न स्थानीय र संघीय सरकारबीच वास्तविक समन्वय चाहिन्छ । अब भोटका लागि भ्रम छर्ने होइन, वास्तविक पीडितलाई न्याय दिने गरी काम अगाडि बढाउनुपर्छ ।’

संसदीय दलका उपनेता समेत रहेका पराजुलीले विगतका राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तनको ब्याज मात्र खाएको तर अवस्था सुधारमा ध्यान नदिएको आरोप लगाए ।

पराजुलीले पुराना दलहरूको त्याग र बलिदानको सम्मान भएपनि उनीहरूको कार्यशैलीले युवा पुस्तालाई राजनीतिमा आउन बाध्य पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?