News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल रेडले ४ रनले जित हासिल गरेको छ।
- नेपाल रेडले दिएको २७७ रनको लक्ष्य पछ्याएको नेपाल ब्लुले ५० ओभरमा ७ विकेट गुमाएर २७२ रन मात्र बनाएको थियो।
- अर्जुन घर्तीले सर्वाधिक ५९ रन बनाए भने विशाल पटेल र अभिशेष गौतमले २-२ विकेट लिए।
१४ वैशाख, काठमाडौं । नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल रेडले रोमाञ्चक जित हासिल गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल रेड ४ रनले विजयी भएको हो । नेपाल रेडले दिएको २७७ रनको लक्ष्य पछ्याएको नेपाल ब्लुले ५० ओभरमा ७ विकेट गुमाएर २७२ रन मात्र बनाउन सक्यो ।
अर्जुन घर्तीले सर्वाधिक ५९ रन बनाए । मयन यादवले ४९ रन बनाए भने नारायण जोशीले ४६ अनि पवन सर्राफले ४४ रन बनाए । सन्दीप जोराले ३५ रन बनाए ।
नेपाल रेडका विशाल पटेल र अभिशेष गौतमले २-२ विकेट लिए भने शेर मल्ल र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनाएको थियो । ओपनर अर्जुन कुमाल ७३ रनमा रिटायर भए । कप्तान अनिल साहले ३५ रन बनाए ।
शंकर राना र दीपक डुम्रेले समान ३३ रन बनाए । राशिद खानले २६ तथा कुशल मल्ल र तृतराज दासले समान १६ रन बनाए ।
नेपाल ब्लुका लागि प्रकाश जैशी, बिपिन खत्री, शाहब आलम र पवन सर्राफले २-२ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिए ।
यसअघि नेपाल ए को टोलीले ओमानसँग २ खेलको शृंखला खेलेको थियो जहाँ एक खेल जित्दा एक खेलमा पराजित भयो ।
प्रतिक्रिया 4