+
+
Shares

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण लगायतका कार्य गर्दै आएको छ।
  • बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा पृथ्वी दिवसमा खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडामा २ हजार कागतीको विरुवा रोप्न आर्थिक सहयोग गरेको छ।
  • ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ।

१४ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, स्वास्थ्यसम्बन्धी, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारका कार्य गर्दै आएको छ ।

बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्ष रोपण तथा संरक्षण अभियान’ अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा २ हजार वटा कागतीको विरुवा रोप्न आर्थिक सहयोग गरेको छ ।

हरियाली क्षेत्र विस्तार गर्न, स्थानीय खाद्य सुरक्षा सुदृढ गर्न, दिगो स्रोत उपयोग गर्न तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीवीकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्य गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम बैंकले सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगन्जमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको छ ।

त्यसैगरी युवाहरूमाझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई आर्थिक सहयोग गरेको छ ।

हालै मात्र बैंकले चैत २ देखि ८ गतेसम्म साताव्यापी रुपमा मनाइको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरु मार्फत साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?