News Summary
Generated by OK AI. Editorially reviewed.- छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले लगातार छैटौं पटक जितेको छ।
- फाइनल खेलमा भारतले श्रीलंकालाई ४७-३१ ले पराजित गर्दै उपाधि हात पारेको हो।
- नेपालले कांस्य पदक जितेको छ र कप्तान मनमती विष्टले पदक लिएर स्वदेश फर्कन पाएकोमा खुसी व्यक्त गरेकी छिन्।
१४ वैशाख, काठमाडौं । छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जितेको छ ।
भारतले श्रीलंकालाई पराजित गर्दै लगातार छैटौं पटक उपाधि जितेको हो । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ४७-३१ ले पराजित गरेको हो ।
भारतसँग पराजित हुँदै श्रीलंकाले पहिलोपटक बिच कबड्डीमा रजत पदक जित्यो । प्रतियोगितामा नेपालले भने कांस्य जितेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकासँग पराजित हुँदै नेपालले कांस्य पदक जितेको हो ।
त्यस्तै भारतसँग पराजित हुँदै बंगलादेश पनि कांस्य पदकमा सीमित बन्यो ।
नेपाली महिला कबड्डी टोलीकी कप्तान मनमती विष्टले आफूहरूले पदक लिएर स्वदेश फर्कन पाएकोमा खुसी रहेको बताइन् ।
‘हामीले १९औं एसियन गेम्समा पनि चीनबाट तेस्रो पदक लिएर गएका थियौं । पुनः हामीले पदक लिएर स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ’ सोमबार पदक ग्रहण गरिसकेपछि उनले भनिन् ।

प्रतिक्रिया 4