+
+
Shares

आर्थिक स्थितिपत्र : पश्चिम एसिया द्वन्द्वले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले विश्व भू–राजनीतिक तनाव र मध्यपूर्वको द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थपिने उल्लेख गरेको छ।
  • द्वन्द्वले कच्चा तेलको मूल्य एक महिनामै करिब ६० प्रतिशतले वृद्धि भई आपूर्ति शृङ्खलामा अवरोध र आर्थिक प्रभाव परेको छ।

१४ वैशाख, काठमाडौं । विश्व भू–राजनीतिक तनाव र पश्चिम एसियाको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थपिने छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा अन्तर्राष्ट्रिय परिवेशका कारण नेपालको वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको औंल्याएको हो।

पश्चिम एसियाका १५ मुलुकमा कार्यरत करिब १७.५ लाख नेपाली कामदार र रेमिट्यान्सको ३७.४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रको अस्थिरताले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा जोखिम निम्त्याएको उल्लेख गरेको हो ।

द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै करिब ६० प्रतिशतले वृद्धि भई आन्तरिक मूल्यमा समेत चाप परेको स्थितिपत्रमा उल्लेख छ ।

रासायनिक मलमा निर्भर नेपाली अर्थतन्त्रलाई पनि द्वन्द्वले थप प्रभावित तुल्याउने औंल्याइएको छ । यस क्षेत्रबाट हुने वस्तु व्यापार (निर्यात २० प्रतिशत र आयात ५ प्रतिशत) तथा पर्यटक आगमन (१.५ प्रतिशत) तुलनात्मक रूपमा कम देखिएको छ । तर दोहा, दुबई र अबुधावी जस्ता प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिटहरू प्रभावित हुँदा समग्र पर्यटन क्षेत्र र वैदेशिक व्यापारमा गम्भीर प्रतिकूल असर पर्ने जोखिम रहेको स्थितिपत्रमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?