+

त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि क्यानले पठाएको पत्र राखेप र खेलकुद मन्त्रालयमा

२०८३ वैशाख  १५ गते १३:५२ २०८३ वैशाख १५ गते १३:५२
त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि क्यानले पठाएको पत्र राखेप र खेलकुद मन्त्रालयमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठाएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले पत्र आइपुगेको र छलफल गरेर निर्णय लिने बताए।
  • युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र क्यानबीच पुनः भाडा सम्झौता हुने अभिव्यक्ति दिएका छन्।

१५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ ।

त्रिभुवन विश्वविद्यालयसँगको २५ वर्षको सम्झौता सकिन लागेसँगै क्यानले सम्झौता अवधि थपका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको हो ।

क्यानको पत्र आइपुगेको र थप छलफल गरेर अगाडि बढ्ने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । ‘पत्र आइपुगेको छ । सम्बन्धित निकायहरुसँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिन्छौं’ उनले भने ।

यस्तै मन्त्रालयले पनि राखेपबाट आएको पत्रअनुसार अगाडि बढ्ने जनाएको छ । ‘बोधार्थको रुपमा मन्त्रालयमा पनि पत्र आएको छ । राखेपबाट कस्तो खालको कुरा आउँछ । सोहीअनुसार अगाडि बढाउँछौं’ मन्त्रालय स्रोतले भन्यो ।

क्यानले २०५९ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत त्रिविसँग सम्झौता गरेको थियो । ठूलाठूला खेल हुँदा महिनौंसम्म विश्वविद्यालयको अध्ययन अनुसन्धानको काम प्रभावित हुने गरेको त्रिविको निष्कर्ष छ ।

सोही बमोजिम विश्वविद्यालयले ४ वैशाखमा आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न क्यानसहित १८ वटा निकायलाई अल्टिमेटम सहितको ३५ दिने सूचना जारी गरेको थियो ।

तर, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने अभिव्यक्ति दिँदै आएका छन् ।

खेलकुद मन्त्रालय त्रिवि क्रिकेट मैदान नेपाल क्रिकेट संघ नेपाली क्रिकेट राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय