+
+
Shares

पूर्णबहादुरले डाकेको भेलामा सभापति थापाको कार्यशैलीमै उठाए नेताहरूले प्रश्न

धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको शेरबहादुर देउवा समूहका नेताहरूको भेलामा सहभागीहरूले पार्टी एकताका लागि सभापति गगनकुमार थापाको भूमिका अर्थपूर्ण हुने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका निर्वतमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी एकता कायम राख्न सभापति गगनकुमार थापाले पहल नगरेको गुनासो गरेका छन्।
  • शेरबहादुर देउवा समूहका नेताहरूले पार्टी एकताका लागि सभापति थापाको भूमिका अर्थपूर्ण हुने तर अहिलेसम्म कुनै कदम नचालेको बताएका छन्।
  • नेता भीमसेनदास प्रधानले सभापति थापालाई सबैको सभापति हुने कि एउटा गुटको मात्र हुने भन्ने स्पष्ट पार्नुपर्ने बताए।

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान उपसभापति पूर्णबहादुर खड्काले डाकेको भेलामा सहभागीहरूले पार्टी एकता कायम राख्न सभापति गगनकुमार थापाले पहल कदमी नगरेको गुनासो गरेका छन् ।

धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको शेरबहादुर देउवा समूहका नेताहरूको भेलामा सहभागीहरूले पार्टी एकताका लागि सभापति गगनकुमार थापाको भूमिका अर्थपूर्ण हुने बताएका हुन् । तर अहिलेसम्म थापाले एकताका लागि कुनै कदम नचालेको उनीहरूको गुनासो छ  ।

नेता भीमसेनदास प्रधानले सभापति गगनकुमार थापालाई एउटा गुटको मात्रै सभापति हुने कि समग्र कांग्रेस पार्टीकै सभापति हुने भन्ने समय आएको बताए ।

‘अहिले वैधानिक सभापति गगन थापा नै हो । सबैको सभापति हुने कि एउटा खेमाको मात्रै हुने भन्ने हो,’ छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ।

त्यस्तै नेता रामहरि खतिवडाले पार्टीको विवाद सर्वोच्चले निरुपण गरिसके पनि १५औं महाधिवशेन वृहत एकतासहित कसरी गर्ने भन्नेमा सभापतिले छलफल अघि बढाउनुपर्ने बताए ।

‘फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्न विवाद थियो । सर्वोच्चले निर्णय गरिसक्यो । अब वृहत एकता गरेर १५औं महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ भेलामा उठेका कुराबारे उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने पहल सभापतिले नै गर्नुपर्छ भन्ने आइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?