+
+
Shares

सिरहामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट उदयपुर कटारी नगरपालिका–१ निवासी करिब ५० वर्षीय समजित राईको मृत्यु भएको छ।
  • मंगलबार बिहान करिब १० बजे ना १ क ९२२८ नम्बरको टिपरले पैदल हिँडिरहेका समजित राईलाई ठक्कर दिएको थियो।
  • टिपर चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ निवासी ४६ वर्षीय प्रविन सिंह क्षेत्रीलाई नियन्त्रणमा लिइएको छ।

१५ वैशाख, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब १० बजे गोलबजारबाट लहानतर्फ जाँदै गरेको ना १ क ९२२८ नम्बरको टिपरले सोही दिशामा पैदल हिँडिरहेका उदयपुर कटारी नगरपालिका–१ निवासी करिब ५० वर्षीय समजित राईलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका राईको पेट तथा दुवै हातमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइए पनि बिहान ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार टिपर र चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ निवासी ४६ वर्षीय प्रविन सिंह क्षेत्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?