+
+
Shares

बर्दिया, झापा र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु

मंगलबार एकैदिन झापा, बर्दिया र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १७:१०

१५ वैशाख, काठमाडौं । मंगलबार एकैदिन झापा, बर्दिया र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बिहान बर्दियाको बारबार्दिया नगरपालिका–२ नारायणपुर बस्ने २९ वर्षीय अनमोल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै झापाको दमक नगरपालिका–९ अडियामल बस्ने ३८ वर्षीया लिला माया धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

उनको पनि घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै अर्को घटना ललितपुरको हो । मंगलबार बिहान गोदावरी नगरपालिका–१२ ठेचोको नख्खुखोलास्थित बिजुलीको पोल निकाल्ने क्रममा हाइटेन्सन लाइनको तारमा फलामको रडले छुँदा बागमती गाउँपालिका–४ प्युटारका ७३ वर्षीय युद्धप्रसाद बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?