+

बिच रेस्लिङ : नेपालका तीन खेलाडी नकआउटबाटै बाहिरिए

२०८३ वैशाख  १५ गते १७:३७ २०८३ वैशाख १५ गते १७:३७
बिच रेस्लिङ : नेपालका तीन खेलाडी नकआउटबाटै बाहिरिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छैटौं एसियन बीच गेम्स २०२६ को बीच रेस्लिङमा नेपालका तीनै खेलाडी सुशीला चन्द, त्रिलोकी प्रसाद यादव र सुरेश चुनारा बाहिरिएका छन्।
  • सुशीला चन्दले महिला ७० केजी तौल समूहमा भारतीय खेलाडी जसप्रित कौरसँग लगातार दुई खेलमा ३-० ले पराजय भोगिन् ।
  • पुरुष ९० केजी माथि तौल समूहका त्रिलोकी प्रसाद यादवले तीन खेलमा हार बेहोरे भने सुरेश चुनाराले ८० केजी तौल समूहमा एक खेल जित्दै नकआउटबाट बाहिरिएका छन् ।

१५ वैशाख, काठमाडौं । छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत ‘बीच रेस्लिङ’ मा प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी नकआउट चरणबाटै बाहिरिएका छन् ।

नेपालबाट प्रतिस्पर्धा गरेका महिलातर्फबाट सुशीला चन्द तथा पुरुषतर्फका त्रिलोकी प्रसाद यादव र सुरेश चुनारा नकआउट चरणबाटै बाहिरिएका हुन् ।

महिला रेस्लिङ तर्फ ७० केजी तौल समूहमा खेलेकी सुशिला चन्द भारतीय खेलाडी जसप्रति कौरसँग लगातार २ वाउटमा पराजय बेहोर्दै नकआउटबाट बाहिरिएकी हुन् ।

नेपाली समयानुसार विहान ७:४५ मा भएको पहिलो खेलमा सुशिला भारतीय खेलाडी जसप्रितसँग ३-० ले पराजित भएकी हुन् । दोस्रो खेलमा पनि सुशीला उनै भारतीय खेलाडी जसप्रितसँग ३-० ले पराजित भएकी हुन्।

पुरुषतर्फ नेपालका लागि ९० केजी माथि तौल समूहमा खेलेका त्रिलोकी प्रसाद यादव पनि नकआउटमा भएको तीनै खेलमा हार बेहोर्दै नकआउटबाट बाहिरिएका छन् ।

पहिलो खेलमा मङ्गोलियाका अल्ताङ्जिरेल चिनबाटसँग ३-० ले पराजित भएका थिए । दोस्रो खेलमा उनी पाकिस्तानका मोहम्मद गुल्जारसँग ३-० ले पराजित भए । कुल ३ मिनेटको समयमा उनले १ मिनेट ६ सेकेन्डमै हार बेहोरेको हुन् । तेस्रो खेलमा त्रिलोकी बहराइनका सामिल सारिपोभसँग ३-० ले पराजित हुँदै जितविहीन रहँदै ‌नकआउटबाट बाहिरिए ।

८० केजी तौल समूहमा खेलेका नेपाली रेस्लर सुरेश चुनाराले भने नकआउट चरणका तीन खेलमध्ये एक खेलमा जित दर्ता गरेका थिए ।

पहिलो खेलमा पाकिस्तानी खेलाडी मोहम्मद असद उल्ल्लाहसँग ३-१ ले पराजित भएका सुरेशले दोस्रो खेलमा कम्बोडियाका रोथ्था हेङलाई ३-१ लाई पराजित गरेका हुन् ।

तर तेस्रो खेलमा पुनः सुरेश भियतनामका भान हाओ एन्गुएनसँग ३-१ ले पराजित हुँदै नकआउट चरणबाट बाहिरिएका हुन् ।

नेपालबाट छैटौं एसियन बिच गेम्समा दुईवटा खेलहरू सहभागी भएका थिए । जसमा नेपालबाट महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।

छैटौं एसियन बिच गेम्स बिच रेस्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय